प्रधानमन्त्री ओली चीनबाट इन्धन ल्याउन पहल गर्ने विषयमा माैन

काठमाडौं, असार ९ । नाकान्दीका बेला पेट्रोलियम पदार्थ आयातमा भारतको एकाधिकार तोड्ने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट इन्धन ल्याउन पहल गर्ने विषयमा पछि हटेका छन् ।

इन्डिया आयल कर्पोरेसन (आइओसी) को विकल्पमा करिब ३३ प्रतिशत इन्धन चीनलगायत अन्य मुलुकबाट ल्याउन सक्ने निर्णय गरेका ओली यति बेला भने त्यसबारे मौन छन् ।

नाकाबन्दीताका पनि प्रधानमन्त्री रहेका ओलीले यस्तो निर्णय गरेका थिए । इन्धन आयातमा भारतको विकल्प खोज्ने बताउँदै आएका ओलीले यसपटकको चीन भ्रमणमा यो अजेन्डा नै राखिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =