विश्वकप फुटबल: स्वीट्जरल्यान्डद्वारा सर्विया २–१ गोलअन्तरले पराजित

काठमाडाैं, असार ९ । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘इ’ को खेलमा सर्वियाविरुद्ध स्वीट्जरल्यान्डले जित हात पारेको छ । स्वीट्जरल्यान्डले सर्वियालाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

स्वीट्जरल्यान्डको जितमा छ्याहेदन साक्यिुरी र ग्रानिट छ्याहकाले गोल गरे । सर्वियाका लागि एलेक्जेन्डर मिट्रोभिकले एक गोल गरेका थिए । सर्वियाले आफ्नो सुरुवाती अग्रता जोगाउन नसक्दा हार ब्यहोरेको हो ।

खेलको पाचौ मिनेटमा नै एलेक्जेन्डर मिट्रोभिकले गोल गर्दै सर्वियालाई १–० गोलको अग्रता दिलाएका थिए । उनले सुन्दर हेडर गोल गरेका थिए । सर्वियाले पहिलो हाफमा गोल गर्ने निकै राम्रो अवसर खेर फालेको थियो । यता, स्वीट्जरल्यान्डले पनि गोल गर्ने अवसर गुमाएको थियो ।

खेलको ५२औं मिनेटमा ग्रानिटले गोल गरे । पहिलो हाफसम्म १–० गोलले पछि परेको स्वीट्जरल्यान्डले दोस्रो हाफमा गोल फर्काउन सफल भएको थियो । खेलको ९०औं मिनेटमा छ्याहेडन साक्यिुरीले गोल गर्दै स्वीट्जरल्यान्डलाई २–१ गोलको अग्रता दिलाएका थिए ।

जितसँगै स्वीट्जरल्यान्डको २ खेलबाट १ खेलमा जित र १ खेलमा बराबरी खेल्दै ४ अंक भएको छ । स्वीट्जरल्यान्डको नकआउट चरणमा पुग्ने सम्भावना प्रवल रहेको छ । यो समूहमा २ खेलबाट ब्राजिलको ४ अंक रहेको छ । त्यस्तै, सर्वियाको २ बाट १ खेलमा जित र १ खेलमा हार्दै ३ अंक रहेको छ भने कोष्टारिकाले भने २ खेलमा सबै हारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *