नाइजरियाले आइसलेण्डलाई हराउँदा अर्जेन्टिनालाई राहत

असार ८, काठमाडौं । विश्वकप फुटवलमा आइसलेण्डलाई पराजित गर्दै नाइजेरियाले अर्जेन्टिनालाई दोस्रो चरणमा पुग्ने संभावनालाई जिवितै गराएको छ । शुक्रबार सम्पन्न ग्रुप डी को खेलमा अर्जेन्टिनालाई बराबरीमा रोकेर स्तब्ध बनाएको आइसल्याण्ड नाइजेरिया सामु निरिह भयो ।

निर्धारित ९० मिनेटको खेलमा नाइजेरियाका लागि खेलको दोस्रो हाफमा स्ट्राइकर मोहमद मुसाले दुई गोल गरे । उनले खेलको पहिलो गोल ४९ औं मिनेटमा गरे भने, दोस्रो ७५ औं मिनेटमा गरे ।

खेलमा आइसलेण्डले पेनाल्टी प्राप्त गरेपनि गोल गर्न सफल हुन सकेन । खेलको ७९ औं मिनेटमा पाएको पेनाल्टीलाई आइसलेण्डका स्ट्राइकर सिगित्सिनले सहि दिशा दिन सकेनन् ।

आज आइसल्याण्डले जित हासिल गरेको भए सन २०१४ विश्वकपको उपविजेता अर्जेन्टिना दोस्रो चरणमा पुग्ने संभावना लगभग समाप्त भइसकेको थियो ।

नाइजेरियाले आज स्पष्ट ३ अंक बटुल्दा अघिल्लो चरणको संभावनालाई बलियो बनाएको छ । उसले अन्तिम खेलमा अर्जेन्टिनासँग खेल्दैछ । यो खेल बराबरी गरेमा पनि उसको अघिल्लो चरणको संभावना जिवित रहने छ । तर आइसल्याण्डले क्रोयसियालाई ३–० ले पराजित गरेमा उ बाहिरिने छ । अथवा अर्जेन्टिनासँग हारे मात्रै बाहिरिने छ ।

आइसल्याण्डले जीतेको भए अन्तिम खेलमा विजयी भए पनि अर्जेन्टिनाको अघिल्लो चरण संभावना कम हुन्थ्यो । अर्जेन्टिनाको गोल माइनस तीन छ । आइसल्याण्डको माइनस दुुई भएको छ । यी तीन टोली मध्ये जुनसुकै अघिल्लो चरण जाने संभावना कायम रहेको छ । नाइजेरियासँग ३ तथा आइसल्याण्ड र अर्जेन्टिनासँग समान १ १ अंक छ ।

पहिलो खेलमा नाइजेरिया क्रोयसियासँग हारेको थियो भने आइसल्याण्ड र अर्जेन्टिनाले बराबरी खेलेका थिए । दोश्रो खेलमा अर्जेन्टिना क्रोयसियासँग ३–० ले स्तब्ध भएको थियो ।

समुहको तेस्रो स्थानमा समान १, १ अंक रहेर अर्जेन्टिना र आइसलेण्ड रहेका छन् ।

यस अघि क्रोयसियाले ६ अंक बटुल्दै अन्तिम १६ मा आफुलाई सुनिश्चित गरिसकेको थियो । क्रोयसियाले हिजो अर्जेन्टिनालाई ३–० गोल अन्तरले पराजीत गर्दै आफ्नो यात्रा सुनिश्चित गरिसकेको हो ।

अब जुन २६ मा अर्जेन्टिनाले नाइजेरियासँग खेल्नुपर्नेछ । भने, आइसलेण्डले सोहि दिन क्रोएसिया सँग सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =