डेब्यू फिल्म प्रदर्शन नहुँदै सारा अली खान एतिहासिक फिल्म खेल्दै
काठमाडौं, माघ ११ । बलिउडका सुपरस्टार सैफ अली खानकी छोरी सारा अली खान आफ्नो डेब्यू फिल्म ‘केदारनाथ’ को छायांकन व्यस्त छिन् । डेब्यू फिल्म प्रदर्शन नहुँदै सारालाई निर्देशक आशुतोष गोवारीकरले आफ्नो आगामी फिल्ममा लिन चाहेका छन् ।
बम्बे टाइम्स नामक अखबारका अनुसार हालै सारा फिल्म निर्देशक गोवारीकरको खारस्थित कार्यालयबाट बाहिरिदै गरेको अवस्थामा देखा परेकी छिन् । उनलाई त्यहाँ देखिएपछि आशतोषले सारालाई आफ्नो आगामी ऐतिहासिक घटनामा आधारित फिल्ममा अभिनय गराउन चाहेको खबर बाहिरिएको हो ।
आशुतोषको उक्त फिल्म १६ औं र १८ औं शताब्दीको इतिहासमा आधारित हुने बताइएको छ । उक्त फिल्ममा सारा अर्जुन कपूरका साथ देखिने भएकी हुन् । आशुतोष साराको कामबाट अत्यन्तै प्रभावित भएको बताइएको छ ।
निर्देशक आशुतोष गोवारिकरले ‘लगान’, ‘जोधा अकबर’ र ‘मोहन जोदाडो’ जस्ता उत्कृष्ट फिल्महरुको निर्देशन गरिसकेका छन् । सैफ पुत्री सारा अली खान अभिषेक कपूरको फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गदैछिन् । फिल्ममा उनका साथ सुशान्त सिन्ह राजपूत देखिने भएका छन् ।