विश्वकप फुटबल: आज तीन खेल हुने, खेल तालिकासहित

काठमाडौं , असार ८ ।  रुसमा जारी फिफा विश्वकप फुटबलमा आज (शुक्रबार) तीन खेल हुँदैछ । विश्वकपमा आज समूह ‘ई’ को दुई खेल र समूह  ‘डी’ को एक खेल हुँदैछ ।

विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘ई’ बाट ब्राजिल र कोष्टारिकाले प्रतिस्पर्धा गर्दैछ । ब्राजिल र कोष्टारिकाको खेल नेपाली समय अनुसार साँझ ५ : ४५ मा हुनेछ ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा कोष्टारिकाविरुद्ध मैदान उत्रदा ब्राजिल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा स्विजरल्याण्डसँग बराबरीमा रोकिएको ब्राजिललाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।

आजको खेलमा जित निकाले ब्राजिलको दोस्रो चरणको यात्रा सहज हुनेछ । पराजित भए ब्राजिललाई दोस्रो चरण पुग्न निकै कठिन हुनेछ । कोष्टारिकालाई पनि अर्को चरणमा पुग्न जितको विकल्प छैन । ब्राजिलसँग हारे कोष्टारिका एक खेल नखेल्दै बाहिरिने छ ।

समूह ‘ई’ बाट आज हुने दोस्रो खेलमा सर्बिया र स्विजरल्याण्ड भिड्ने छन् । दुई टोलीबीचको खेल राति ११ : ४५ मा सुरु हुनेछ । केलिनगार्ड स्टेडियममा सर्बिया जित निकाल्दै दोस्रो चरणमा पुगे लक्ष्यसहित मैदान उत्रने छ । सर्बियाले पहिलो खेलमा कोष्टारिकालाई १ – ० ले हराएको थियो ।

यता, स्विजरल्याण्ड पहिलो जितको खोजीमा हुनेछन् । दोस्रो चरणको यात्रा तय गर्न स्विजरल्याण्डलाई यो खेल जित्नै पर्ने हुन्छ ।

समूह ‘ई’ मा सर्बियाको ३ अंक रहदा ब्राजिल र स्विजरल्याण्डको १ – १ अंक छ । कोष्टारिका अंकबिहिन छ ।

रुस विश्वकपमा आज समूह ‘डी’ को एक खेल हुँदैछ । आज राति ८ : ४५ मा सुरु हुने खेलमा नाइजेरिया र आइसल्याण्डले प्रतिस्पर्धा गर्ने छन् । दुवै टोली जित निकाल्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा हुनेछ ।

खेल तालिका नेपाली समयमा :

पहिलो खेलमा पराजित नाइजेरिया ३ अंक जोड्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा अर्जेन्टिनालाई १ – १ मा रोकेको आइसल्याण्ड आजको खेल जित्दै दोस्रो चरणमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।

यो समूहबाट क्रोएसियाले अन्तिम १६ मा स्थान बनाईसकेको छ ।  बिहिबार राति अर्जेन्टिनालाई ३ – ० ले हराउदै क्रोएसियाले नकआउट चरणमा स्थान बनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *