आजबाट क्याम्ब्रिज इण्डिया, अस्ट्रेलिया एजुकेशन सेमिनार सुरु

बिर्तामोड, असार ५। क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा आजबाट क्याम्ब्रिज इण्डिया, अस्ट्रेलिया एजुकेशन सेमिनार सुरु भएको छ । एसईई परीक्षा उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनका लागि उत्कृष्ट कलेजहरुको खोजीमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै आगामी असार १० गतेसम्म बिर्तामोड, दमक, विराटचौक, इटहरी, धरान र विराटनगरस्थित क्याम्ब्रिज इस्न्टिच्युट अफ टेक्नोलोजीका शाखाहरुमा सेमिनार गरिने संस्थाका पूर्वाञ्चल को–अर्डिनेटर तथा बिर्तामोड शाखा प्रमुख निश्चल सिंखडाले जानकारी दिए ।

एसईई र प्लस टु उत्तीर्ण गरेका विद्यार्थीहरूलाई इञ्जिनियरीङ, नर्सिङ, म्यानेजमेन्ट, फेसन डिजाइनिङ, इन्टेरियर डिजाइनिङ, आर्किटेक्चर, बिएस्सी एग्रिकल्चर, बिई, बिटेक लगायतका विषयमा शैक्षिक परामर्श प्रदान गरिने उनले बताए । भारतका एपी गोयल सिमला युनिभर्सिटी, ग्रीनहीलन गु्रप अफ इन्स्टिच्युट, आइइटी भदल टेक्निकल क्याम्पस, गौतम मेडिकल कलेज, एसजेइएस म्यानेजमेन्ट कलेजका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई कलेज तथा सम्बन्धित विषयबारे परामर्श दिइने उनले बताए ।
सेमिनारमा सहभागी विद्यार्थीहरूलाई भारत बैंगलोरका विभिन्न कलेज तथा युनिभर्सिटीहरुमा छात्रवृत्तिसहित भर्ना गरिने क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक शिशिर सिंखडाले बताए ।








