“चर्चित हिपहप गायक “”निर्णय एनएसके”” को नयाँ गीत “”सुन”” (भिडियोसहित)”
२०७४ जेठ १५ गते

“
निकै नै चर्चित हिपहप गायक निर्णय श्रेष्ठ (निर्णय एनएसके) पुनः सांगीतिक क्षेत्रमा उदाएका छन् । उनको छैँटौँ स्टुडियो एल्बम एक नेपाल–एनएसके स्टायलमा संग्रहित “”सुन”” बोलको गीत भिडियो सार्वजनिक भएको छ ।
स्रोेता तथा दर्शकमाझ म नेपाली, गाउँले जीवन, केटी तिमी कति राम्रो देखेको जस्ता लोकप्रिय गीत पस्किइ सम्पूर्णको मन जित्न सफल हिपहप गायक तथा र्यापर निर्णय श्रेष्ठको उक्त गीतमा गायिका प्रिति कौरले साथ दिएकी छिन् ।
एक नेपाल एनएसके स्टायलमा समावेश गरिएको सुन गीतमा मिस नेपाल इन्टरनेश्नल रोनाली महतोले फिचरीङ गरेकी छिन् भने शब्द, संगीत र कम्पोज गायक निर्णय श्रेष्ठकै रहेको छ ।
https://youtu.be/w0B29o9e6Sk”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








