नेकपाका नेता बुबाको किरियामा बसेकै अवस्थामा पक्राउ

मंसिर ५, बैतडी । नेपाल कम्युनिष्ट पार्टीका बैतडी जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले क्रिया बसेको अवस्थामा पक्राउ गरेको छ । जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट बुबाको क्रियामा बसेको ११औँ दिन सोमबार पक्राउ गरेको हो ।

बुबाको निधनमा किरिया बसेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएपछि परिवारले आपत्ति जनाएका छन् । कुनै नराम्रो गतिविधिमा संलग्न नरहेका जोशीलाई घरबाटै पक्राउ गरेको उनका भाइ अनिरुद्र जोशीले जानकारी दिए ।

तर प्रहरीले भने किरिया सकिसकेको र शंकास्पद व्यक्ति भएकाले पक्राउ गरेको जनाएको छ । माथिको आदेश भन्दै विभिन्न उच्छृङ्खल गतिविधि गरेर नागरिकलाई त्रास सिर्जना गर्नुका साथै चुनाव भाँडने काम गरेकाले जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए ।

प्रहरीले यसअघि पनि बैतडीमा विप्लव समूहका छजना नेता कार्यकर्तालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *