लागू औषध कारोबारमा संलग्न गिरोह नै पक्राउ

“
धरान, असार ७ । धरान प्रहरीले लामो समयदेखिको प्रयासपछि लागू औषध कारोबारमा संलग्न गिरोहलाई पक्रन सफल भएका छन् ।
धरानमा लागू औषध कारोबारी र प्रयोगकर्ता बढ्दै गएपछि केही समय अगाडि प्रहरी र सरोकारावालाबीच छलफल भएको थियो । छलफल पश्चात धरान प्रहरीले लागू औषध कारोबारीमा संलग्नको खोजीमा तिब्रता दिएसँगै प्रहरीले विगतदेखि नै धरानमा डिलर नै राखेर लागू औषध प्रयोग गर्ने धरान ८ का कुलदिप साह र उनका सहयोगी अशोक दासलाई ठूलो परिणाम सहित प्रक्राउ गर्न सफल भएको हो ।
प्रहरीले असार १ गतेदेखि ६ गतेसम्म चलाएको सर्च एण्ड रेस्क्यु अपरेशनका क्रममा ती दुईलाई ५ हजार ४ सय ९८ थान स्पामो प्रोक्सिन सहित उनीहरु बसेको डेराबाट नै प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिएका छन् ।
डिलर नै राखेर कारोबार गर्ने दुईजनालाई प्रक्राउ गरेपछि थोरै भएपनि लागू औषधमा नियन्त्रण हुने विश्वास प्रहरीको रहेको छ । डिलर सञ्चालक साहलाई यस अघि पनि चार पटक प्रक्राउ गरिएको भए पनि प्रमाणको अभाव देखाउदै अदालतले छोडिदने गरेको डिएसपी पौडलले बताएका छन् ।
यसैगरी ६ दिनका अवधिमा प्रहरीले थप ६ जना कारोबारीलाई प्रक्राउ गरी सार्वजनिक गरेका छन । सर्च एण्ड रेस्क्यु अपरेशनकै क्रममा धरान प्रहरीले धरान ९ का पुष्प थापा, धरान ८ का बाबु बोहरा, धरान १३ का कान्छा राई, धरान ५ का अपित तामाङ सहित दुई भारतीय नागरिक रञ्जित मल्लिक र समिर खानलाई ७ सय ११ थान नाइट्रोसन र ८१ थान टिजी सेसिक सहित प्रक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई लागू औषध कारोबार ऐन अन्तर्गत मुद्दा चलाइने डिएसपी पौडेलले जानकारी दिए ।
“








