आफ्ना कायकर्ता रिहाइको माग गर्दै नेकपाद्वारा रसुवा बन्द, यात्रु मर्कामा

रसुवा, असार ७ । पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज रसुवा बन्दको आह्वान गरेको छ।

जेठ २९ गते अखिल क्रान्तिकारी रसुवाको नवौँ जिल्ला सम्मेलनमा प्रहरीले हस्तक्षेप गरि ५ जना विद्यार्थी नेतालाई पक्राउ गरेको र उनीहरुको निसर्त रिहाइको माग गर्दैे रसुवा बन्द गरिएको नेकपा जिल्ला समिति रसुवाका इन्चार्ज रजमान तामाङले विज्ञप्तिमार्फत जनाएका हुन्।

बन्दका कारण आज बिहानैदेखि सदरमुकाम धुन्चेबाट छुट्ने लामाे तथा छाेटाे दुरीका सार्वजनिक यातायातका साधन नचल्दा यात्रुहरु मर्कामा परेका छन्। तर प्रहरीले भने स्कर्टिङ गरेर सवारी सञ्चालन गरिरहेको प्रहरी नायब उपरिक्षक शरतकुमार थापा क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ठाउँ–ठाउँमा प्रहरी परिचालन गरेका छौँ। यदि कसैले सवारी चलाउन चाहेका हामी स्कर्टिङ गरेर गन्तव्यसम्म पुर्याउँछौँ।’

जेठ २९ गते कालिका गाउँपालिका–४ धुसेनीमा अखिल क्रान्तिकारीको नवौं जिल्ला सम्मेलनमा प्रहरीले अखिल रसुवाका संयोजक नविन घिमिरे, अखिलका जिल्ला सदस्य सेजन ठकुरी, रसुवाली कवि ठाकुर तिमल्सिना, पश्चिम ताम्सालिङ इन्चार्ज बद्री अधिकारी, अखिलका केन्द्रिय सदस्य अटल शर्मालाई पक्राउ गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =