रुस विश्वकप : पोर्चुगलको दाेस्राे जित, रोनाल्डोले गरे निर्णायक गोल

मस्को – विश्वकप फुटबल अन्तर्गत बुधबार भएको समूह ‘बी’को आफ्नो दोस्रो खेलमा पोर्चुगल विजयी भएको छ । अफ्रिकी टोली मोरक्कोविरुद्ध पोर्चुगलको यो पहिलो जित हो।

पोर्चुगलका किष्टियानो रोनाल्डोले खेल सुरु भएको चार मिनेटमै मोरक्कोविरुद्ध गोल गरे। त्यही गोल नै निर्णायक बन्यो।पोर्चुगलले मोरक्कोलाई १-० गोल अन्तरले हराएको  हो ।

रुस विश्वकपमा रोनाल्डोको यो व्यक्तिगत चौथो गोल हो। यसअघि पहिलो खेलमा रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए।

यो जितसँगै पोर्चुगलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनेको छ। स्पेन र इरानबीचको खेलले पोर्चुगलको दोस्रो चरणको सम्भावनालाई नयाँ मोड दिनेछ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *