ओपोद्वारा नयाँ आपो फ्रेण्डका रुपमा ब्राजिलियन फूटबलर नेयमार घोषणा

असार ६, काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा परिचित ओपोले विश्वमै सर्वाधिक लोकप्रिय ब्राजिलियन फूटबलर नेयमारसँग ओपो फ्रेण्डका रुपमा सहकार्यको घोषणा गरेको छ ।

यस सहकार्यसँगै कन्टेष्ट अवधिभर नेयमारलाई आपो मोबाइल्सको प्रमोशन गरिरहेको देख्न सकिनेछ । यस अघिपनि ओपोले आफ्नो एफसी बार्सिलोना एडिशनको प्रबद्र्धनका लागि नेयमारसँग सहकार्य गरिसकेको छ ।

ओपोका उत्पादनलाई आफैमा उत्कृष्ट मार्केटिङका रुपमा लिइन्छ । तथापी, कम्पनीले विभिन्न प्ल्याटफर्मको प्रयोग गर्दै यूवा जमातसँग नजिकिन ३६०–कोणमा एकिकृत मार्केटिङको पहल गरिरहन्छ । खेल तथा मनोरञ्जन मार्केटिङको माध्यमबाट यूवा जमातलाई पायकपर्ने टच प्वाइन्ट्सका माध्यमबाट कम्पनी उनीहरुसँग नजिकिन सँधै प्रयत्नरत रहन्छ ।

बर्षौको आरएण्डडी पश्चात नेपालमा आर्टिफिसियल ईन्टेलिजेन्स २.०लाई सेल्फी फिचरका रुपमा भित्र्याउने ओपो नै पहिलो स्मार्टफोन ब्राण्ड हो । यो प्रविधिले वैश्विक डाटाबेस मार्फट २ सय ९६ फेसियल टच प्वाइन्ट्सको माध्यमबाट अनुहारको आकार तथा विशेषताको पहिचान गर्ने क्षमता राख्छ ।

यसको विकासका लागि आरएण्डडी प्रक्रियाका दौरान कम्पनीले ब्यवसायिक फोटोग्राफर तथा मेक–अप आर्टिस्ट्सहरुसंग परामर्श तथा सल्लाह सुझावपनि लिएको थियो । फलस्वरुप एआई प्रविधिमा सेल्फीलाई थप प्राकृतिक र वास्तविक देखाउने तथा ब्यवसायिकले खिचेको जस्तो नतिजा प्रस्तुत हुन्छ ।

त्रुटि रहित सेल्फीका लागि उपभोक्ता समक्ष २५ मेगापिक्सेल क्षताको फ्रण्ट क्यामेरा सहित ओपोले एफसेवेन सार्वजनिक गरिसकेको छ । यसलाई ओक्टा कोर ६४–बीट मिडियाटेक हेलियो पी६० प्रोसेसरले शक्ति प्रदान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *