चुनाव प्रसारका लागि ६ लाख खर्च, टिकट भने अर्कैले उडाएपछि

असार ११, बैतडी । स्थानीय तहको चुनावको मिति घोषणा भएसँगै बैतडीको पुर्चौडी नगरपालिकाको उपमेयर पदका लागि मिना धानुकको नाम निकै चर्चामा थियो । महेन्द्रनगरबाट चुनावको लागि भन्दै पहाड आउनुभयो । पुर्चौडी नगरपालिकाको उपमेयरका लागि आफ्नो उम्मेदवारी तय भएको भन्दै मिना प्रचारप्रसारमा संलग्न हुनुभयो र गाउँघरमा भोट माग्नमा ब्यस्त हुनुभयो  ।  तर, नेपाली कांग्रेसले उम्मेदवारको टुगों लगाउन पार्टिको केन्द्रीय समितिमा मिना धानुकसँगै उत्तरा नेपाल सार्कीको पनि नाम केन्द्रमा पठायो ।

नाम केन्द्रमा पुगेकोमा सन्तुष्टी मानेर आफ्नो प्रचारप्रसारको अभियानलाई तीव्र बताउनु भएकी मिनाको सपना तब टुट्यो, जब कांग्रेस केन्द्रीय समितिको अन्तिम निर्णयमा मिना धानुकको ठाउँमा उत्तरा नेपाल सार्कीको नाम आयो । जेठ २७ गते नेपाली कांग्रेसबाट पुर्चौडी नगरपालिकामा आफूले टिकट नपाएपछि उहाँलाई निकै दुःख लागेको छ । मिना भन्नुहुन्छ ‘पार्टीमा लामो समय सघंर्ष गरेँ अहिले अर्कै मान्छेलाई उम्मेदवार बनायो । मलाई निकै दुःख लाग्यो । अहिले उम्मेदवार बनाएको मान्छे माओवादीको जनमुक्ति सेनाबाट प्रवेश गरेका मान्छे हु । मेरो लामो समयको सघंर्ष पार्टीले कुरा बुझि दिएन धोका दियो । अहिले कसैको प्रचार गर्न मन छैन् ।’

प्रचारमा खर्च गर्न तराईमा भएको जग्गा बेचेँ पुर्चौडी नगरपालिकामा उपप्रमुखको उम्मेदवारको चर्चामा रहेको मिना धानुकले प्रचारप्रसारमा खर्च गर्नका लागि आफ्नो कञ्चनपुरमा रहेको जग्गा बेचेको बताउनुभयो । चुनावप्रचारका लागि आफूले झण्डै ६ लाख रुपैयाँ खर्च गरेको उल्लेख गर्नुभयो ।  उम्मेदवार छनौटको सम्बन्धमा नेपाली कांग्रेस बैतडीले भने मेयरका उम्मेदवार दिपक बम र मिना धानुकको घर एकै वडामा परेका कारण फरक फरक वडाको व्यक्तिलाई उम्मेदवार बनाएको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =