कर्णाली प्रतिष्ठान जुम्लामा ‘ब्याचुलर इन मिडवाई फ्री’ पढाई शुरु

काठमाडाैं, असार ६ । जुम्लामा अब स्नातक तहको ‘ब्याचुलर इन मिडवाई फ्री’ पढाई शुरु हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा  स्नातक तहको ‘ब्याचुलर इन मिडवाई फ्री’ पढाई शुरु हुने भएको हाे ।

नेपाल नर्सिङ काउन्सिलको बोर्ड बैठकले कर्णाली प्रतिष्ठानमा स्नातक स्तरको कार्यक्रम सञ्चालनको लागि स्वीकृति प्रदान गरेसंगै ‘ब्याचुलर इन मिडवाई फ्री’को पढाई गर्ने बाटो खुलेको हो ।

न्युनतम एक सय शैय्याको अस्पताल भएको प्रतिष्ठानमा ६२ प्रतिशत विरामीको उपस्थिती भइरहेको भन्दै काउन्सिलले स्वीकृति प्रदान गरेको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । पहिलो वर्षमा १० जना विद्यार्थी भर्ना गर्न पाउने गरि कार्यक्रम शुरु भएको हो ।

उहाँका अनुसार स्त्रीरोग सम्बन्धीको सेवामा सहज पहुँच भएको र पूर्वाधार लगायतका हिसाबले बलियो भएकोले स्नातक स्तरको पढाई शुरु हुने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *