विश्वकप फुटबल: ईजिप्टलाई पराजित गर्दै आयोजक रुस अन्तिम १६ को नजिक

काठमाडौं, असार ६ । ईजिप्टलाई पराजित गर्दै आयोजक राष्ट्र रुस विश्वकप फुटबलको अन्तिम १६ को नजिक पुगेको छ । गए राति भएको खेलमा रुसले ईजिप्टलाई ३–१ गोल अन्तरले पराजित ग¥यो ।

अहमेद फातीले आत्मघाति गोल गरेपछि घरेलु टोली रुसले ४७ औ मिनेटमा अग्रता लिएको थियो । डेनिस चेरोसोभले ५९ औ मिनेटमा गोल गर्दै रुसको अग्रतालाई दोब्बर पारेका थिए । त्यसको ३ मिनेटपछि अर्तेम जुवाले गोल गर्दै टोलीको जित निश्चित गरे ।

च्याम्पियन्स लिगमा चोट बोकेर मैदान बाहिरिएका ईजिप्टका खेलाडी मोहमद सालाह पहिलो पटक मैदान उत्रिएका थिए । ७३ औ मिनेटमा पेनाल्टीमार्फत सालाहले गोल गर्दै इजिप्टलाई खेलमा फर्काउने कोशिश गरेपनि त्यसपछि थप गोल हुन सकेन ।

आज हुने खेलमा उरुग्वेसंग साउदी पराजित भएमा रुस र उरुग्वे एक खेल अगावै विश्वकपको अन्तिम १६ मा स्थान पक्का गर्नेछन् । फिफा वरियताको सबै भन्दा तल्लो स्थानमा रहेको रुसले घरेलु मैदानमा राम्रो प्रर्दशन गर्न नसक्ने धेरैको अनुमान थियो ।

तर उद्घाटन खेलमा साउदी अरेबियालाई ५–० गोल अन्तरले पराजित गर्दै रुसले सबैलाई आश्चार्य चकित बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *