विश्वकप २०१८ को पहिलो रातो कार्ड सान्चेजले पाए
२०७४ जेठ १५ गते

“
रूस – विश्वकप फुटबल २०१८ प्रतियोगिताको पहिलो रातो कार्ड कोलम्बियाका कार्लोस सान्चेजले पाएका छन्।
मोर्डोभिया एरिना रंगशाला सारांस्कमा जारी बुधबारको पहिलो जापान र कोलम्बियाको खेलमा सान्चेजले रातो कार्ड पाएका छन्।
खेलको तेस्रो मिनेट चलिरहदा जापानका खेलाडी सिन्जी कागावाको प्रहारलाई सान्चेजले हातले रोकेपछि रातो कार्ड खादै मैदान बाहिरिएका थिए।
रेफ्रिले सान्चेजलाई कार्ड देखाउनुका साथै जापानलाई पेनाल्टी दिएका थिए। सो पेनाल्टीलाई जापानका सिन्जी कागावाले गोल गरेका छन्।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








