काँग्रेस जिल्ला सभापतिहरुको भेला आज देखि हेटौंडामा

हेटौंडा, असार ५ । काँग्रेस जिल्ला सभापतिहरूको भेला आजदेखि हेटौँडामा सुरु हुँदै छ । निर्वाचनमा पार्टीको हारबारे समीक्षा गर्न केही समयअघि बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार जिल्ला सभापतिहरूको भेला डाकिएको हो ।

समीक्षा बैठकले निर्वाचनमा हारको वास्तविक कारण खोतल्न र पार्टीलाई थप प्रभावकारी बनाएर अघि बढ्ने बाटो पहिल्याउन नसकेपछि थप सुझाबका लागि जिल्ला सभापतिहरूको भेला आह्वान गरेको थियो । आगामी भदौमा महासमिति बैठक पनि बोलाइएको छ ।

भेलामा जिल्ला सभापतिहरूले निर्वाचनमा पराजय भोग्नुको कारण, तल्ला तहका कार्यकर्ताको सुझाब र गुनासो, पार्टीको विधान संशोधनबारे धारणा राख्नेछन् । ७ असारसम्म चल्ने भेलामा केन्द्रीय कार्यसमितिका सदस्य,७७ जिल्लाका सभापति सहभागी हुँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 20 =