‘अमेरिकी जिम्नास्टिक टीमका पूर्वडाक्टर सैतान हुन्’

काठमाडौं, माघ १८ । अमेरिकी जिम्नास्टिक टीमका पूर्वडाक्टर लेरी नस्सारले २६५ जनालाई यौन उत्पीडन गरेको आरोप लागेको छ । तिमध्ये ६५ जना पीडित नस्सारविरुद्ध अदालतमा साक्षी वयान दिन तयारसमेत भएका छन् ।

मिचिगनस्थित एक अदालतकी न्यायाधीश जेनिस किनिंगमले २६५ महिलामाथि यौन उत्पीडन भएको पुष्टि भएको बताएकी छन् ।

यसअघि १६० जना महिलालाई यौन उत्पीडन गरेको आरोप पुष्टि भएपछि गत हप्ता नस्सारलाई जेल सजायँ सुनाइको थियो ।

किनिंगमले भनेकि छन्, ‘हामीसँग २६५ भन्दा बढी पीडितहरुको पहिचान भएको छ र राज्य, देश एवम् दुनियामा पीडितहरुको संख्या अनन्त छ ।’

बुधबार भएको सुनुवाइमा पहिलो पटक बोलेकी १७ वर्षीया जेसिका थोमसले आफूलाई नस्सारले ९ वर्षको उमेरदेखि नै यौन उत्पीडन गरेको बताइन् । उनले भनिन्, ‘लेरी नस्सार एक सैतान हुन्, उनी सबैभन्दा खराब अपराधी हुन् ।’

नस्सारको मुद्दामा तीन दिन अझै सुनुवाइ चल्न सक्ने बताइएको छ । किनकी थप पीडितहरुले नस्सारविरुद्ध साक्षी बयान दिन चाहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eleven =