यो वर्ष चुनावी वर्ष भएको माओवादी अध्यक्ष प्रचण्डको भनाइ

काठमाडौं, भदौं १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचनलाई सफल बनाउन सबै दल एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्यनमा बल पुगेको र तेस्रोचरणको स्थानीय निर्वाचनमा सबै दल सहभागी हुने भएपछि उत्साहका साथ सो निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

यो वर्ष ‘चुनावी वर्ष’ भएको प्रशंग उल्लेख गर्दै उहाँले प्रदेश र संघीय संसद्को निर्वाचन निर्धारित समयभित्रै सम्पन्न हुने स्पष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले संविधान गतिशील विषय भएकाले आवश्यकता अनुसार संशोधन हुने जाने उल्लेख गर्दै उहाँले संसदीय निर्वाचनपछि बन्ने संसद्ले कुन÷कुन विषयमा संविधान संशोधन गर्ने विषयको समाधान गर्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =