धरानमा खाद्य मेला शुरु, उत्कृष्ट स्टले १२ हजार पाउने
भरतराज शर्मा(गोपाल)
धरान, माघ १३ । अल्प प्रचलनमा रहेका मौलिक खाद्य पदार्थहरुको प्रवद्र्धन तथा खानेबानी गराउने उद्देश्यले शुक्रबारबाट सुनसरीको धरानमा तीन दिने खाद्य मेला शुरु भएको छ धरानको पब्लिक माविमा शुरु भएको मेलामा ६० वटा परम्परागत तथा अल्प प्रचलनमा रहेका खाद्य पदार्थहरुका स्टल छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग क्षेत्रीय कार्यालय विरानटको आयोजनामा मेला लागेको हो । कृषि विकास मन्त्रालयका सचिब डाक्टर सुरोज पोखरेलले उद्घाटन गरे । मेलामा अल्प प्रचलनमा रहेको जातीय तथा मौलीक खाना, स्थानीय स्तरमा उत्पादीत कृषिजन्य बस्तुहरु राखिएका छन् । गुन्द्रुक, फाफर तथा कोदोको पिठो, दाल, भटमासलगायतको खाद्यान्न उपलब्ध गराइएको छ । परम्परागत, स्थानीय, अल्प प्रचलनमा रहेका पोषिला खाद्य पदार्थहरुलाई प्रबद्धन गदै खानेबानीमा सुधार ल्याउने उद्देश्यले मेला लगाइएको क्षेत्रीय प्रमुख प्रमोद कोइरालाले बताए ।
होम स्टे, होटल, खाद्य व्यावसायि खाद्य उधम्का लागि मेशिनरी उपकरण तथा खाद्य प्रशोधनमा प्रयोग हुने रसायनका सप्लायर्सहरु, खाद्य प्रविधिसंग सम्बन्धित स्कुल तथा कलेजहरुको स्टल छन् । मेलामा छिमेकी जिल्लासँगै जुम्ला सम्मका खाद्य बस्तुहरु राखिएका छन् । परम्परागत तथा स्थानीय पोसिला खाद्य बस्तुहरु लोप हुदै गइरहेको विभागका महानिर्देशक संजिबकुमार कर्णले बताए । त्यस्ता खाद्यान्नको पहिचान गराउन र कृषकहरुलाई प्रोत्साहन गर्न मेलाले सहयोग पुग्ने महादिर्नेशक कर्णले बताए ।
यसै अवसरमा उत्कृष्ट चार स्टललाई पुरस्कृतसमेत गरिएको छ । मूल्यांकनको आधारमा १६ हजार, १२ हजार, ८ हजार र ४ हजार रुपैयासहित ट्रफी प्रदान गरिएको हो । उता धनकुटामा माघ अन्तिम साताबाट चौथो धनकुटा महोत्सव एवं प्रदेश नम्बर–१ स्तरीय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला हुने भएको छ । ‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगार, उद्योग, व्यापार समुन्नत् प्रदेश नम्बर–१ को आर्थिक विकासको आधार’ भन्ने नाराका साथ माघ २९ देखि फागुन १० गतेसम्म महोत्सव हुन लागेको हो ।
आयोजक उद्योग वाणिज्य संघ धनकुटाले धनकुटामा पत्रकार सम्मेलन गरी महोत्सवकोबारेमा जानकारी गराएको हो । महोत्सवमा पर्यटकीयस्थलको प्रचार–प्रसार, घरेलु उद्योगको उत्पादन, विभिन्न कला–संस्कृति झल्कने कार्यक्रम, राष्ट्रिय कलाकारको प्रस्तुतिलगायत प्रमुख आकर्षण रहने जनाएइको छ । महोत्सवमा तीन करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले जानकारी बताए ।महोत्सवमा विभिन्न १५० स्टल रहने जनाइएको छ ।