चीनले हाम्रो सार्वभौमसत्ताको खुलेआम सम्मान गरेको छ– प्रम ओली

काठमाडौँ, असार ४ । प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते (भोली) चीन भ्रमणका लागि जाँदै छन् । यसै क्रममा प्रधानमन्त्री ओलीले आज (सोमबार) चीन भ्रमणबारे प्रतिनिधिसभामा सम्बोधन गरेका छन् । प्रतिनिधिसभाको बैठकमा ओलीले चीन भ्रमणमा चीन र नेपालबीच विभिन्न सम्झौताहरु हुन सक्ने जानकारी गराएका छन् ।

प्रम ओलीले असार ५ देखि १० सम्म छिमेकी मुलुक चीनको भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिन पिङसँग भेटवार्ता गर्नेछन् ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले छिमेकी मुलुक चीन ठुलो जनशक्ति र सहयोगी भावना भएको देश भन्दै चीनसँग नेपालको यगौँ पुरानो सम्बन्ध भएकाले चीनबाट आफुले सक्दो सहयोग लिन सक्नुपर्ने बताए ।

उनले भने, ‘चीन, जसले हाम्रो सार्वभौमसत्ताको खुलेआम सम्मान गरेको छ । आफू धेरै विकसित नभएको अवस्थामा पनि नेपाललाई राम्रो सहयोग गरेको थियो । म त्यो देशको भ्रमणमा जाँदैछु ।’

सन २०१६ मार्चमा आफू प्रधानमन्त्री हुँदा विभिन्न सन्धी सम्झौता गरेको भन्दै क्रस बोडर ट्रान्समिसन लाइन, क्रस बोर्डलगायतका सम्झौतामा छलफल गर्ने बताए ।

“”महामहिम शीसँग मेरो भेटवार्ता हुनेछ । त्यसबेला मैले नेपालका हित र दृष्टिकोण राख्नेछ””, उनले भने ।

साथै प्रधानमन्त्रीले चीनले अघि सारेको वाल वेल्ट वान रोड, कनेक्टीभिटीको क्षेत्र र पारस्परिक तथा लगानीका क्षेत्रमा के कसरी जान सकिन्छ भनेर गरेको हस्ताक्षरको मेमोभित्र पोर्ट, हवाइ, रेलमार्ग अप्टिकल फाइबरलाई प्रभाबकारी बनाउने, तातोपानी नाका लगायत थप करिडोरहरुमा समझादरी हुने प्रधानमन्त्रीले जानकारी दिए ।

“”संविधानका मौलिक हक कार्यान्वयन गर्नेतर्फ सरकार लागि रहेको छ । ६० देखि ८० निरपेक्ष गरिविको रेखामुनि रहेकालाई मुक्त गर्ने, सवै जनता शिक्षित, सवैको सरदर आय बढाउन केन्द्रीत छौँ ।”” उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =