काँग्रेसको विरोधका कारण प्रदेशसभा बैठक स्थगित

बुटवल, असार ४ । प्रदेश नं ५ मा आज प्रतिपक्ष नेपाली काँग्रेसको विरोधका कारण प्रदेशसभाको बैठक केही समयका लागि स्थगित भएको छ ।

प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले अवरोध सिर्जना भएको कारण दर्शाउँदै २० मिनेटका लागि प्रदेशसभाको बैठक स्थगित भएको घोषणा गरे ।

प्रदेशसभा शुरु भएलगत्तै काँग्रेसका डिल्लीबहादुर चौधरीले बजेट विनियोजनमाथि आपत्ति जनाउँदै संसद्को कारबाही अघि बढ्न नसक्ने जिकिर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =