गाडीको ठक्करबाट ५५ वर्षीय चौधरीको मुत्यु
मकालु खबर
२०७४ जेठ १५ गते
“
कपिलवस्तु, असार ४ । भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट यशोधरा गाउँपालिकामा एक जनाको मुत्यु भएको छ ।
तौलिहवा मर्यादपुर सडक खण्डको बैदौलीमा आज बिहान युपी ५६ ७२४० नं को म्याजिक गाडीको ठक्करबाट स्थानीयवासी ५५ वर्षीय अयोध्याप्रसाद चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।
गाडीको ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । गाडी चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित