यति एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो
२०७४ जेठ १५ गते

“
पोखरा, असार ३ । यति एयरलाइन्सको जहाज आइतबार पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ ।
काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियातर्फ गएको विमानस्थलका सुरक्षा गार्ड प्रहरी नायब निरीक्षक राजेश भट्टराईले जानकारी दिए ।
पोखरा विमानस्थलमा अवतरण हुने क्रममा रहेको सो जहाजमा चालक सहित ३३ यात्रु सवार थिए ।
उनका अनुसार लोक चन्द पाइलट र मोनिका प्रजापति कोपाइलट रहेको उक्त विमान धावनमार्गबाट लगभग १५ मिटर बाहिर गएको थियो । रासस
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








