कुलमानको दाबि-सबै विशेष आर्थिक क्षेत्रमा विद्युत उपलब्ध गराउन व्यवस्था गरिसकेको छ

काठमाडौं,असार, ३। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले घोषणा गरेका सबै विशेष आर्थिक क्षेत्रमा विद्युत उपलब्ध गराउन आवश्यक सव स्टनेशनहरुको व्यवस्था गरिसकेको दाबि गरेका छन् ।

निर्देशक  घिसिङले सरकारले तय गरेको विशेष आर्थिक क्षेत्र (सेज) मा विद्युत अभाव हुन नदिने घोषणा गरेका छन्। उनले विशेष आर्थिक क्षेत्रमा विद्युतको अभाव नहुने स्पष्ट पारेका छन्।

विशेष आर्थिक क्षेत्र प्राधिकरणद्धारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले आफूले विशेष आर्थिक क्षेत्रका लागि ६ महिनाअघि नै साविकको उद्योग मन्त्रालयमा आवश्यक विद्युत उपलब्ध गराउने लिखित प्रतिवद्धता व्यक्त गरेको पनि बताएका छन् ।

प्राधिकरणले भैरहवा विशेष आर्थिक क्षेत्रका लागि तत्काल विद्युत उपलब्ध गराउन सकिने पनि स्पष्ट पारेको छ ।

भैरहवा विशेष आर्थिक क्षेत्रमा तत्कालका लागि चाहिने १३ दशमलव ५ मेघावाट विद्युत उपलब्ध गराउन कुनै पनि समस्या नरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − twelve =