विरहीले ल्याए ‘टालाटुली बटुली’

काठमाडौं, माघ २५ । पछिल्लो समयमा निकै चर्चामा रहेका गायक सूर्यबिरही साउँद र रश्मी रिजालद्धारा स्वरबद्ध र अराज केशबको रिमिक्स गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘टालाटुली बाटुली नाच मेरी पुतली’ बोलको फरक शैलीको म्युजिक भिडियो बिहीबार सार्बजनिक भएको हो ।
सूर्य बिरही साउँदले यस अघि ‘सुदूरको चेलो म त’, ‘म त भैसी गोठालो’, ‘बाध्यताले पठाउन लाग्यो परदेश’, ‘नरो मेरी सुवाँ’, ‘प्रिति फूल सारी दे’, ‘बिन्ति शैलेश्वरी’, ‘बनमारा बनैभरी छ’, ‘तेरो मेरो माया बबाली’, ‘जन्मभुमिको माया’, ‘यो लोटाउनो रांगो’, लगायतका दर्जनौ चर्चित गीत बजारमा ल्याई सकेका छन् । यि गीतहरु दर्शक, स्रोताहरुले अत्याधिक मन पराएका पनि थिए । युट्युबमा पनि सबै भन्दा बढि सस्क्राईब भएका थिए ।

‘टालाटुली बटुली नाच मेरी पुतली’ बोलको गीत सुदूर तथा मध्यपश्चिमको थेगोलाई समावेश गरी पहिलो पटक तयार पारिएको फरक शैलीको देउडा फ्यूजन डान्सिङ गीत हो । सुदूर तथा मध्यपश्चिमका बालबालिकाहरु बालपनका बेला दौतरीहरुसँग कपडाका सानासाना टालाटुली बटुलेर पुतली बनाई रमाईलो गरी खेल खेल्ने चलन छ । काठमाडौंको त्रिभुवन पार्क र भद्रकालीमा छाँयांकन गरिएको सो म्युजिक भिडियो बसिबियालो म्युजिक प्रालि अनामनगर काठमाडौंले बजारमा ल्याएको हो ।

बिक्रम चौहानको निर्देशनमा ‘टालाटुली बटुली नाच मेरी पुतली’ म्युजिक भिडियोमा शेर साउँद, करिश्मा ढकाल र करन साउँदले अभिनय गरेका छन् । बि स्टार फिल्मस् कम्पनीले तयार पारेको म्युजिक भिडियोको छाँयांकन प्रकाश खड्का र मिलन बिकको सम्पादन रहेको छ ।
सूर्यबिरही साउँद, तिलक ओली र योगेश बुढाको रचना रहेको यस गीतको संगीत सूर्यबिरही साउँदको रहेको छ । संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन् ।
यो गीतको म्युजिक भिडियो निम्न लिंकमार्फत हेर्न सकिन्छ ।








