मेस्सीले पेनाल्टी मिस गर्दा दीपकराज गिरीले यसो भने

असार २, काठमाडौं । विश्वकपको नवप्रवेशी आइसल्याण्डसँगको खेलमा अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले पेनाल्टी मिस गरेकोमा विश्वभरका मेस्सीका फ्यानहरु निराश र आक्रोसित भइरहेको बेला हास्य कलाकार दीपकराज गिरीले भने मेस्सी प्रति सहानुभूति प्रकट गरेका छन् ।

भर्खरै सम्पन्न खेलपछि फेसवुकमा स्टाटस पोस्ट गर्दै हास्यकलाकार गिरीले मेस्सीबाट हामीले पनि सिक्नुपर्ने भन्दै स्टाटस पोस्ट गरेका छन् ।

‘मेस्सीले आजको खेलबाट पाठ सिके होलान्, हामीले पनि मेस्सीबाट सिक्नु पर्छ, ‘‘महान खेलाडीहरु प्नि चुक्छन्, किनकी उ मानिस हो भगवान होइन’’गिरीले भनेका छन् ।

क्लाकार गिरीको स्टाटसमा सयौंले कमेन्ट गरेका छन् । धेरैले मेस्सीको पेनाल्टी प्रति आक्रोस ब्यक्त गर्दै कमेन्ट गरेका छन् । राज एक रहस्यले ‘एक पटक चुक्ने पो चुकेको हुन्छ, पटकपटक महत्वपूर्ण खेलमा चुक्ने केका महान खेलाडी ? Over rated खेलाडी भन्न सहि होला’ लेखेका छन् ।

अर्का फेसवुक प्रयोगकर्ताले भने, मेस्सी प्रति सहानुभूति दर्शाउँदै सधैं एउटै कुरा हुन्छ भन्ने पनि छैन भन्दै, अर्जेन्टिनाले निराश भईहाल्नु पर्ने अवस्था नआइसकेको बताएका छन् । उनी अरु खेलमा मेस्सीले उत्कृष्ठ गर्नेमा विस्वस्त रहेको बताएका छन् ।

शनिबार राती आइसल्याण्ड सँगको पहिलो खेलमा मेस्सीले पेनाल्टी मिस गर्दा अर्जेन्टिना बराबरीमा रोकिएको थियो ।

हेरौं पेनाल्टीमा मेस्सी चुक्दा सामाजिक सञ्जालमा कस्तो प्रतिकृया छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *