कांग्रेसको सर्वसत्तावाद विरुद्ध लड्न कांग्रेस नयाँ ढंगले अगाडि बढ्नुपर्ने : नेता पौडेल

काठमाडौँ, असार, २ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस नयाँ ढंगले अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।
नेपाली कांग्रेस पर्वत–काठमाडौँ सम्पर्क समितिको बालाजुमा नयाँ कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले कांग्रेसको सर्वसत्तावाद विरुद्ध लड्न कांग्रेस नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताए । “कम्युनिष्टहरुले कांग्रेसलाई अप्ठ्यारो अवस्थामा पुर्याएका छन्, यसको विरुद्धमा कांग्रेसले कडा प्रतिपक्षको भूमिका खेल्नुपर्छ,”–उनले भने ।

वरिष्ठ नेता पौडेलले पार्टी नेतृत्वले युवालाई आकर्षित गर्दै सबै कार्यकर्तालाई मिलाएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे।

कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले मुलुक अप्ठ्यारो अवस्थामा गएको भन्दै यसलाई जोगाउनका लागि कांग्रेस एक हुनुपर्ने बताए । “कांग्रेसभित्र आन्तरिक झगडा गरेर बस्नुको औचित्य छैन, एक आपसमा मिलेर अगाडि बढ्नुपर्छ,”–उनले भने ।

सम्पर्क समितिका अध्यक्ष ओमशर्मा चापागाईं, नवराज गुरुङ, राजेन्द्रप्रसाद तिवारीलगायतले गुट उपगुटको अन्त्य गरी पर्वतमा कांग्रेसको संगठन निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 19 =