बराह किचेनको होम डेलीभरी सेवा सुरु

धरान,असार,२ । बराह ज्वेलरी डिपार्टमेन्टमा सञ्चालित बराह फेमली किचनले त्यहाँका परिकारहरुको होम डेलिभरी सेवा शुरु गरेको छ । किचनको स्वादिलो खानेकुराहरु ग्राहकको अर्डर अनुसार प्याकेजिङमा घर घर पुर्याइदिने नयाँ सेवा कम्पनीले शुरु गरेको हो ।

घरैमा बराह किचनको परिकार खान चाहने इच्छुक ग्राहकले किचनमा टेलिफोन गरेर अर्डर गर्नुपर्नेछ । बराहले अर्डरको लागि अनलाइन सेवा पनि शुरु गरेको छ । मोबाइल फोन तथा अनलाइन बाट अर्डर गरे अनुसार अब बराह फेमली किचनको परिकारहरु होम डेलिभरीबाट घर घर मै आइपुग्ने छ ।

परिकारको मुल्य बाहेक होम डेलिभरी सेवा निशुल्क हुने बताइएको छ । यो व्यवस्था हाल धरानको यातायात सहज रुपमा पुग्ने वडाहरुमा शुरु गरिएको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बराह ज्वेलरीको सञ्चालक तथा धरान शाखा प्रमुख मानबहादुर दियाली विश्वकर्माले बताए ।

उनले होम डेलिभरी सेवा धरानको २० वटै वडामा सञ्चालन गर्ने लक्ष्य राखिएको बताउँदै भने ‘तत्काल सवारी साधान जानसक्ने सहज बाटो भएको वडाहरुमा शुरु गरिएको छ ।’ बराह ज्वेलरी तथा डिपार्टमेन्ट स्टोर स्थपना भएको २३ औं वर्ष पुरागरी २४ वर्षमा प्रवेश गरेको अवसरमा नयाँ योजनाको रुपमा होम डेलिभरी सेवाको घोषणा गरिएको हो ।

चौविसौं वार्षिकोत्सवको अवसरमा बराहले अर्को महत्वकांक्षी योजना शुरु गरेको घोषणा पनि गरेको छ । मुख्य रुपमा सुन र चाँदीको गहनाको कारोबार गर्दै आएको बराहले काठमाण्डौको पाटनमा सुनचाँदीको प्रोडक्सन हाउसमा थप ३ सय जनालाई रोजगारी दिएर विदेशमा निर्यात गर्नै लक्ष्य सहित गहना उत्पादन शुरु गर्ने भएको छ ।

मुलुकमा बढ्दो आयात व्यापारले व्यापार घाटा बर्सेनी बढेको अवस्थामा निर्यात व्यापारलाई टेवा पु¥याउन बराह ज्वलेरी इण्डष्ट्रिजले आन्तरिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजार सम्म पुर्याउने लक्ष्य राखेर गहना उत्पादनको नयाँ योजना सुरु गरेको जनाएको छ ।

ज्वलेरीको मुख्य कारोबार सुनचाँदीका गहनालाई विदेशमा निर्यात गरी देशमा विदेशी मुद्रा भित्रयाउने उदेश्य सार्वजानिक गरिएको हो ।

इण्डष्ट्रिजको अध्यक्ष शिव लामिछानेले भने ‘यी योजनाहरु बराहको दश वर्षे योजनाहरुका पाइप लाइनमा थिए, चाविसौं वार्षिकोत्सवमा यस्लाई सार्वजनिक गरिएको हो ।’

पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा यसपाली मनाइने वार्षिकोत्सवमा भाग्यशाली एक ग्राहक लाई सुजुकी जिक्सर मोटरबाइक प्रदान गरिने घोषणा समेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *