भारतीय प्रधानमन्त्री मोदी किन नेपाल आउँदैछन् ?

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउने भएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा भारतीय अधिकारीहरुले प्रधानमन्त्री मोदी छिट्टै नेपाल आउने बारे जानकारी गराएका हो । मोदीको भ्रमणको लागि नेपाल र भारत बीच आन्तरिक गृहकार्य समेत भैरहेको भारतीय उच्च अधिकारीहरुले जनाएका छन् । दुवै पक्षको सहमतिमा मोदीको नेपाल भ्रमणको मिति तय हुने पनि स्रोतले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदी भारतीय लगानीमा निर्माण हुने अरुण तेस्रो जलविद्युत परियोजनाको उद्धघाट्नको लागि नेपाल आउन लागेका जनाइएको छ । उक्त समयमा मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथको समेत भ्रमण गर्ने भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले बताए ।

उनका अनुसार मोदीको नेपाल भ्रमणको तयारीका लागि दुवै पक्षबाट अहिले व्यापक गृहकार्य भैरहेको छ । ‘मोदीजी नेपाल–भारत सम्बन्ध अत्यन्तै समुधुर र मजबुद बनाउने पक्षमा हुनुहुन्छ’–उनले भने, ‘उहाँले नेपाललाई विशेष महत्व दिनुभएको छ, नेपाल–भारत द्धिपक्षीय आर्थिक सम्बन्ध थप मजबुद बनोस् भन्ने उहाँको चाहना छ।’

यसअघि भारतीय प्रधानमन्त्री मोदीले दुई पटक नेपाल भ्रमण गरिसकेका छन् । पहिलो पटक उनले सन् २०१४ को अगष्टमा नेपाल भ्रमण गरेका थिए । दोस्रो पटक मोदी १८ औं सार्क सम्मेलनमा भाग लिनका लागि नेपाल आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =