विश्वकप फुटबल : पहिलो ह्याट्रिक गर्ने खेलाडी रोनाल्डो, करिअरको भने ५१ औं ह्याट्रिक
२०७४ जेठ १५ गते

“
काठमाडाैं, असार २ । रसियामा जारी फिफा विश्वकपफुटबलमा पोर्चुगलका स्टार स्ट्राइकर क्रिश्चियानो रोनाल्डोले पहिलो ह्यट्रिक गरेका छन्। स्पेनसँग भएको रोमाञ्चक खेलमा रोनाल्डोले पहिलो गोल खेलको तेस्रो मिनेटमा पेनाल्टी मार्फत गरेका थिए।
त्यस्तै दोस्रो गोल उनले पहिलो हाफको ४४ औं मिनेटमा गरे। खेल सकिन केही मिनेट बाँकी छँदा स्पेनका पिकोले उनलाई फउल गरेपछि पाएको फ्रिकिक सदुपयोग गर्दै रोनाल्डोले ८८ औं मिनेटमा ह्याट्रिक गर्न सफल भए।
यो उनको करिअरको ५१ औं ह्याट्रिक हो भने विश्वकपमा भएको पनि ५१ औं ह्याट्रिक हो।
रोनाल्डो चारवटा विश्वकप फुटबलमा लगातार गोल हान्ने चौथो खेलाडी भएका छन्। यसअिघ यू सेलर, पेले र मिरोस्लाभ क्लोसले पनि चार विश्वकपमा लगातार गोल हानेका थिए। एजेन्सी
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








