“राष्ट्रियता झस्काउने चलचित्र “”तिमी हुन्छौ जहाँ जहाँ”” असार ८ मा”

धरान, असार १ । मदन दबाडी को प्रस्तुति रहेको नेपाली कथानक चलचित्र तिमि हुन्छौं जहाँ जहाँ आउँदो असार ८ गते देश व्यापी प्रदर्शन हुने भएको छ ।

देश दौडाहामा रहेका चलचित्र टीमले शुक्रबार सुनसरीको धरानमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सो आयोजनामा चलचित्र तिमि हुन्छौं जहाँ जहाँ आगामी असार ८ गते प्रर्दशनीमा आउन लागेको चलचित्रका कार्यकारी निर्माता प्रकाश बास्कोटाले जानकारी दिएका छन् ।

सम्मेलनमा चलचित्र चिर्माता बास्कोटाले चलचित्र लभ स्टोरी मात्र नभइ देशको राष्ट्रियता झस्काउने प्रक्रारको बनेको जानकारी दिएका छन् ।

सोही सम्मेलनमा चलचित्रका नायक मनिष शुन्दर श्रेष्ठ नायीका मलिना जोशी बीचको प्रेम सम्बन्ध दर्शाइएको छ ।

दुबै बिचको प्रेम सम्बन्धमा बाधकको रूपमा देखीएको चलचित्रमा सुन्दर र मलिनाको सामिप्यता समेत देखाइएको छ ।

त्यस्तै चलचित्रमा अर्का अभिनेता रबि गिरी र स्वरूप ढकाललाई नायक र नायीकाको बिपक्षी अर्थात् खलनायकको रुपमा प्रस्तुत गरिएको छ ।

त्रिकोणात्मक प्रेम कथामा आधारीत चलचित्र तिमी हुन्छौ जहाँ जहाँ देश व्यापी प्रदर्शन करिब ३०० हलमा प्रस्तुत गरिने चलचित्रका निर्माता बास्कोटाले बताए ।

चलचित्रमा नायक मनिष सुन्दर श्रेष्ठ, मनिला जोसी, तमन्ना केसी लगायतका कलाकारहरु रहेका छन् भने चलचित्र निर्माणमा हालसम्ममा १ करोड ५० लाख खर्च भईसकोको छ ।

४९ दिन लगाएर छायाङ्कन गरिएको चलचित्र काठमाडौ, पोखरा, सिन्धुलीको लोकेशन रहेको छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत तथा फिरोज बस्नेत र अन्जु पन्तको स्वर रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *