लोकसेवाको प्रतिष्ठालाई जोगाइ राख्नुसः राष्ट्रपति भण्डारी

काठमाडौँ, असार १ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगले दक्ष र योग्य मानव संशाधन चयनमा हासिल गरेको महत्व, गरिमा र प्रतिष्ठालाई बचाई राख्नुपर्ने बताएकी छिन् ।

लोकसेवा आयोगको ६८ औ बार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आयोगको प्रतिष्ठामा कही कतैबाट आँच आउने काम हुन नदिने तर्फ गम्भीर बन्न आयोग पदाधिकारीलाई सचेत गराइन् ।

राष्ट्रसेवामा कुशलतापूर्वक लाग्ने जनशक्तिलाई त्यस दिशामा समाहित गराउने जिम्मेवारी सम्हालेको लोकसेवा आयोगको महत्व, गरिमा र प्रतिष्ठामा आँच आउने कुरा कतैबाट हुनुहुँदैन भन्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *