निराजनको ह्याट्रिक सँगै थ्री स्टार बुढासुब्बा गोल्डकपको अन्तिम चारमा

धरान, माघ २३ । सुनसीको धरानमा जारी २०औँ बुढासुब्बा गोल्डकपमा चौथो दिन आज (मंगलबार ) भएको खेलमा थ्री स्टार क्लब विजयी भएको छ ।

थ्रीस्टारले सुदुरपश्चिम ११ खप्तड टीमलाई ० का बिरुद्ध ४ गोलको अग्रता लिंदैै विजयी बनेको हो । जित सँगै थ्री स्टार क्लब बुढासुब्बा गोल्डकपको अन्तिम चारमा प्रवेश गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ । थ्री स्टारका लागी निराजन खडकाले ३ तथा सुनिल बलले १ गोल गरेका थिए ।

खेलमा दुवै टिमका खेलाडीले गोल गर्ने निकै अवसर पाए पनि सहि सदुपयोग गर्न भने सकेका थिएनन् । खेलमा राम्रै प्रर्दशन गरेपनि सुदुरपश्चिमले कुनै पनि गोल गर्न सकेको थिएन ।

                                                                                                                                              फोटो लक्ष्मण थापा

 

थ्री स्टार क्लबका निराजन खडकाले ३ गोल गर्दै ह्याट्रिक  गर्नुका साथै हाल सम्मकै सर्वाधिक गोल कर्ताको रुपमा पनि आफु्लाई प्रस्तुत गरेका छन् ।

खड्काले म्यान अफ दि म्याचको उपाधिसँगै नगद १० हजार हात पारेका छन् ।

भोलीको पहिलो सेमिफाईनल खेल संकटा क्लब काठमाडौं बिरुद्ध नेपाल पुलिस क्लब बीच दिउसो ३ बजे हुने आयोजकले जनाएको छ ।
बिजेताले नगद ६ लाख तथा उपबिजेताले ३ लाख पुरस्कार हात पार्नेछ भने खेलको फाईनल आउदो माघ २७ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *