विश्वकप फुटवल: साउदी अरेबिया र अायाेजक रूसकाे अग्रता

“एजेन्सी । फुटबलको महाकुम्भ विश्वकप २०१८ आज देखि रुसमा सुरु भएकाे छ । उद्घाटन खेल ८ः४५ बजे रुस र साउदी अरेबिया बीच भएकाे हाे ।
आयोजक रुसको टोलीमा रक्षा पंक्तिमा खेलाडीहरु घाइते रहेका छन् । अर्को तर्फ साउदी अरेबियाको रक्षा पंक्तिमा पनि उमेर पुगिसकेका खेलाडीहरु धेरै छन् । दुवै टोली आफ्नो डिफेन्सका लागि नचिनिने भएकाले विश्वकपको पहिलो खेलमा धेरै गोल हुने अपेक्षा गरिएको छ ।
शुरूवाती खेलमा रूसले अग्रता लिएकाे छ ।
समय
खेल नेपाली समय अनुसार रातिको ८ः४५ बजे सुरु हुने छ । प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन, कान्तिपुर, सोनी लिभ, एक्सन स्पोर्ट्स, सोनी इएसपिएन, सोनी टेन २
सुरुवाती ११
रुसः एकिनफेभ, फर्नान्डेस, कुटेपोभ, इग्नासेभिच, झिरकोभ, गोलोभिन, झोबनिन, सामेडोभ, मिरानचुक, जागोएभ, स्मोलोभ
साउदी अरेबियाः अल-माउफ, अल्बुरेक, ओमार हसवी, ओसामा हसवी, अल-शाहरानी, ओटेफ, अल-फाराज, अल-दवसरी, अल-जसिम, अल-सेहरी, अल-सालवि”








