नेपाल कम्युनिष्ट पार्टीको दल दर्ता खारेज गर्न सर्वोच्चमा रिट

काठमाडौँ,जेठ,३१ । नयाँ गठन गरिएको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) लाई दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता इन्दु तुलाधरले बिहीबार संविधान र कानुन विपरित रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (ने क पा) लाई दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका हुन्।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता इन्दु तुलाधर लगायतले विहिबार दिएको रिटमा ३३ प्रतिशत महिला सदस्य नपुर्‍याएको नेकपाको दल दर्ता कानुन विपरित भएकाले त्यसलाई मान्यता दिन नहुने उल्लेख छ।

रिटमा कुनैपनि राजनीतिक दल संविधानभन्दा माथि नहुने भनिएको छ। रिटमा संविधान र दल दर्ता ऐन बमोजिम सो दल र अन्य दलहरुलाई पनि दल दर्ता गर्न÷गराउन तत्काल परमादेश जारी गर्न पनि माग गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

निर्वाचन आयोगले गत जेठ २३ गते केपी ओली र पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दल दर्ता गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *