‘मोटरसाइकलमा हिँडिरहेको बेला नेता पटेलमाथि पछाडिबाट ३ राउण्ड गोली प्रहार भयो’-भारतीय प्रहरी

धरान,जेठ ३१  । नेपाल–भारत सीमा क्षेत्रभन्दा १ सय मिटर आसपासमा रहेको भारतीय भूमि जोगबनीमा बिहीबार दिउँसो   एक नेता माथि गोली प्रहार भएको छ ।

रानी भन्सारदेखि करिब एक सय मिटर टाढा टिकुलिया बस्तीमा अज्ञात समूहले जनता दल युनाईटेडका नेता पप्पु पटेलमाथि गोली प्रहार गरेको हो । मोटरसाइकलमा हिँडिरहेको बेला पछाडिबाट ३ राउण्ड गोली प्रहार गरिएको भारतीय प्रहरीले जनाएको छ ।

गोली लागेका पप्पुलाई तत्काल विराटनगरमा रहेको विराट नर्सिङ होममा उपचारको लागि ल्याइएको थियो । गम्भीर घाइते भएका पटेललाई नर्सिङ होममा उपचार हुन नसकेपछि धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

घटना भारतमा भएका कारण थप जानकारी नआएको प्रहरीले जनाएको छ । उता घटना स्थलबाट भारतीय प्रहरीले पेस्तोलमा प्रयोग भएका गोलीहरु बरामद गरेको फार्बिसगंजका एसडीपीओ मनोज कुमारले जानकारी दिए ।

पटेललाई गोली प्रहार गर्ने अज्ञात समूह नेपालतर्फ नै भागेको हुन सक्ने भारतीय प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − two =