नेपालमा एफसेवेन यूथ सार्वजनिक गर्ने ओपोको तयारी

“
काठमाडौं,जेठ, ३१ । यूवा वर्ग माझ अत्यधिक लोकप्रिय स्मार्टफोन ब्राण्ड ओपोले नेपाली बजारमा चाँडै नै ओपो एफसेवेन यूथ सार्वजनिक गर्ने घोषणा गरेको छ ।
यूवा पुस्ताको माग तथा आवश्यकतालाई दृष्टिगत गर्दै विशेषरुपमा तयारी गरिएको एफसेवेन यूथमा एआई ब्यूटी २.० प्रविधिका साथै सुपर फुल स्क्रिन पनि उपलब्ध गरिएको छ ।
जानकारीका अनुसार कम्पनीले नयाँ फोन सनराइज रेड, मुनलाइट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन भिन्न रंगमा सार्वजनिक गर्ने तयारी गरेको हो ।
ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले उपभोक्ताका माग र आवश्यकताको सम्बोधन गर्नु ओपो कम्पनीका लागि सँधै प्राथमिकताको विषयका रुपमा रहँदै आएको बताएका छन् ।
उनले ओपो एफसेवेन र एफसेवेन ६ जीबी सार्वजनिक गरेदेखि नै हरतवरले यूवा लक्षित निर्मित एफसेवेनको नयाँ भ्यारियण्ट पनि सार्वजनिकका लागि कम्पनीलार्ई निरन्तर माग र अनुरोध प्राप्त हुँदै आएको बताए ।
‘यही मागलाई दृष्टिगत गर्दै हामीले निकट भविष्यमै एफसेवेन अन्तर्गत नयाँ भ्यारियण्ट एफसेवेन यूथ सार्वजनिक गर्दैछौँ । नयाँ तथा अत्याधुनिक प्रविधि सुसज्जित नयाँ फोन निकै आकर्षक मुल्यमा उपलब्ध गराउने हाम्रो योजना रहेको छ ।विगतमा हाम्रा पछिल्ला फोनलाई झैँ एफसेवेन यूथलाई पनि उत्तिकै माया तथा सहयोग प्राप्त हुनेमा हामी आशावादी छौँ । ’ सार्वजनिक योजनाका बारेमा बोल्दै ट्राओले भने ।
कम्पनीले हाल सम्म सार्वजनिक मिति, उपलब्धता र मूल्यका बारेमा आधिकारिक जानकारी प्रेषित गरेको छैन । तथापी, विश्वसनिय श्रोतका आधारमा जुन–२०१८ भित्रै फोन सार्वजनिक गरिने अनुमान गरिएको छ ।
ओपो एफसेवेन यूथमा उपलब्ध हुने केही प्रमुख फिचर्स यस्ता छन् :
-नयाँ एआई २.० ब्यूटी प्रविधि
-नयाँ डायमण्ड ब्ल्याक डिजाइन
-सुपर फुल स्क्रिन र फुल स्क्रिन मल्टिटास्किङ
-शक्तिशाली कार्य सम्पादन क्षमता
-नयाँ कलरओएस ५.०मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली
“








