नाइँ ! म त काँग्रेसमै जाने हो
एन.एच पौडेल
पोखरा,कात्तिक ९ । पोखराका वरिष्ठ उद्योगपती एवं पूर्व सांसद सूर्य बहादुर केसी नेपाली काँग्रस प्रवेश गर्ने भएका छन् । बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी केसीले नेपाली काँग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको घोषणा गरेका हुन् ।
लामो समयसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर सांसद समेत भएका केसी केही समयदेखि राप्रपामा बढे्को आन्तरिक खिचातानीका कारण राप्रपा परित्यागरी निस्क्रिय रहदै आएका थिए ।
पार्टी प्रवेशको विषयमा काँग्रसको केन्द्रीय नेतृत्व सँग कुरा अगाडि बढेको बताउँदै केसीले सबै कुरा मिलिसकेपछि पार्टी प्रशेश गर्ने बताए । केसीले आफू राष्ट्र र जनताको भलाइको लागि प्रजातान्त्रिक धारको नेतृत्व गरेको नेपाली काँग्रसमा समाहित हुन चाहेको बताए । ‘लामो समयदेखि समाज सेवा र राजनीति गरेको धेरै आत्मीय मित्रहरू वामपन्थी धारमा हुदाहुदै म प्रजातान्त्रिक बिचार बोक्ने पार्टी भएकाले काँगे्रसभित्र प्रवेश गर्न चाहेको हुँ’ केसीले भन,‘काँग्रेस पार्टी प्रवेशसँगै राजनीतिमा सक्रिय हुन्छु ।’
आफ्ना अति निकट्स्थ साथीहरू वाामधारको राजनीतिमा गएको बताउँदै केसीले एमालेसंग हजारौँ सर्वसाधारणको हत्या गरेको पार्टी माआवादी केन्द्रबीचको अपवित्र गठबन्धनले मुलुकलाई निरंकुशतातर्फ धकेल्ने भएकोले आपूm प्रजातान्त्रिक पार्टीमा समाहित हुन चाहेको बताए । लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहेका केसी संविधान सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट समानुपातिक सभासद् बनेका थिए ।
केसी पोखराका पुराना र स्थापित व्यवसायी समेत हुन् । उनी विभिन्न उद्योग र हाइड्रोपावर व्यवसायमा समेत संलग्न छन् ।