ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा ३२ वर्षीय बस्नेतको मृत्यु

धरान, जेठ ३१ । धरान–१२ छाताचोकमा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार भएको दुर्घटनामा नापी कार्यालय, धरानका कर्मचारीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङको तुलसीपुर–११ घर भई धरान नापी कार्यालयमा कार्यरत ३२ वर्षीय गुमानसिंह बस्नेत रहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी रामेश्वर पौडेलले जानकारी दिए ।

बुधबार राति ८ बजेतिर धरान–१२ छाताचोकमा बस्नेत सवार लु ३० प ३१०० नम्बरको मोटरसाइकल को २ त ५१४० नम्बरको ट्रयाक्टरसँग ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक बस्नेतको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fourteen =