“””सरकारका मन्त्रीहरुले जेल जाने हो भन्दै तर्साउन थाले””– काँग्रेस सांसद रिजाल”

काठमाडौँ, जेठ ३१ । संसदको बैठकमा काँग्रेस सांसद मिनेन्द्र रिजालले सरकारले तर्साउन थालेको आरोप लगाएका छन् ।

संसदको बिहिबारको बैठकमा सरकारका प्रमुख विपक्षी दल तथा काँग्रेस सांसद मिनेन्द्र रिजालले सरकारका मन्त्रीहरुले काम गर्ने मन छ कि छैन, जेल जाने हो भन्दै तर्साउन थालेको आरोप लगाउँदै संसद छोडेर जाने चेतावनी दिएका हुन् ।

साथै सांसद रिजालले संसदमा प्रतिपक्षले आफ्नो ठाउँ नपाउने र संविधानको कार्यान्वयन हुन्छ भन्ने विश्वास भएन भने संसद छाडेर जनताको माझमा जाने  चेतावनी समेत दिए ।

सरकारले पनि त्यही नियम, कानुन र संविधानअनुसार काम गर्नु पर्नेमा जोड दिँदै नेता रिजालले भने, ‘नियम छ, कानुन छ, संविधान छ । नियम, कानून, संविधानको पालना होस् । त्यही नियम, कानुन, संविधान अन्तरगत बसेर काम गर्न हामी आएका हौं, सरकारलाई योभन्दा बाहिर जाने अधिकार छैन ।’

संविधान बनाउने क्रममा सभामुख र उपसभामुख फरक दलबाट हुने संवैधानिक सोचविचार गरेर राखेको भन्दै उनले दलीय स्वार्थअनुसार गलत ब्याख्या नगर्न समेत आग्रह गरे ।

संसदमा विपक्षीका हरेक २० सांसदको अगाडि सत्ताको ५५ जना सांसद रहेपनि मतदातामा कांग्रेसका २० हुँदा सत्तापक्षको २७ मात्र रहेको हिसाव सुनाउँदै उनले भने, ‘संसदमा ठाउँ नपाइने, संविधान कुल्चिने, दुई तिहाइको दम्भबाट जबरजस्ती काम हुने हो भने हामीले २० ले ५५ होइन, २७ सँग जुध्ने गरी बाहिर जानु पर्ने बाध्यता सिर्जना नहोस् । संविधानको मर्ममा काम होस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twelve =