रसिया विश्वकप–२०१८ आजबाट शुरु हुँदै, कस्तो रहला उद्घाटन खेल ?

काठमाडौँ, जेठ ३१ । रसिया विश्वकप–२०१८ आजबाट शुरु हुँदैछ । नेपालमा पनि विश्वकपको उत्साह ज्यादै देखिन्छ । फुटबलका नेपाली फ्यानहरुमा पनि आजबाट अझै उत्साह थपिएको छ, खेलमा कसले जित्ला भन्ने । कतिले त साथीभाई सँग बाजी पनि लगाउने गर्छन् रमाइलोको लागि । सबैले आफ्नो चोइसको जर्सी किनेर विश्वकपको उत्साहमा रमाइरहेका देखिन्छन् ।

जुन १४ देखि जुलाई १५ सम्म हुने विश्वकप फु्टबलमा कूल ३२ टोलीले भिडन्त गर्दैछन् । जम्मा ६४ खेल हुने उक्त प्रतियोगितामा रसियाको राजधानी मस्कोसहित विभिन्न ११ सहरका १२ रंगशालामा खेलाइनेछ ।

मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ भने ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् ।

विश्वकपको उद्घाटनमा खेलमा आयोजक रसिया र साउदी अरेबिया खेल्दै विश्वको ढोका खोल्ने छन् । यो खेल नेपाली समयअनुसार बेलुका ८ः४५ मा सुरु हुनेछ ।

इङ्गल्याण्डका पपस्टार राबी विलियम्स र स्पेनका ओपेरा गायक प्लासिडो डोमिगो आकर्षणको केन्द्र हुने छ । यसको अलावा जुआउन डिएगो फ्लोरेज र गरीफुल्ल्निाले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

स्टेडियमको सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । कुनै विपत आइपरेमा लडाकु विमानहरुलाई पनि तयारी अवस्थामा राखिएको छ ।

यसपटक रसिया विश्वकपमा स्पेन, अर्जेन्टिना, फ्रान्स, जर्मनी, ब्राजिल, पोर्चुगललगायत टोलीलाई उपाधि दाबेदारको मुख्य टोली मानिएको छ । त्यसमा पनि सन् २०१४ को विश्वविजेता जर्मनी, अर्जेन्टिना, स्पेन र ब्राजिललाई उपाधि होडमा मुख्य रूपमा अगाडि रहने अनुमान गरिएको छ ।

स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीको टोली यसपटक सन् २०१४ मा ब्राजिलमा फाइनलमा व्यहारेको हार बिर्संदै उपाधि जित्ने दाउमा हुनेछ ।

यता, ब्राजिल भने २०१४ मा आफ्नो घरमा भएको विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ७–१ को हार खाँदै उपाधि होडबाट बाहिरिँदाको पीडा बिर्सन यसपटक उपाधि जित्ने अभियानमा छ । ऊ सबैभन्दा बढी उपाधि जित्ने टोली बन्ने अभियानमा छ ।

विश्वकपअघिका मैत्रीपूर्ण खेल गत राति ब्राजिल र अस्ट्रियाले खेलेसँगै सकिएका छन् । अब विश्वकप खेल्ने टोली धमाधम रसियातर्फ लाग्ने छन् । केही टोली रसिया उत्रिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *