“रुची धितालले पहिरीइन् “”ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८”” को ताज”

काठमाडौँ, जेठ ३१ । ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८ को ताज धनकुटाको तुलसी मेहर स्कुलबाट एसईई परिक्षा दिएकी १६ वर्षीय रुची धितालले पहिरिएकी छिन् । सिजन मिडियाद्वारा बुधबार साँझ राजधानीमा आयोजना गरिएको ‘ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८ मा  २४ प्रतिस्पर्धीलाई पछि पार्दै धितालले शीर्ष ताज पहिरीएकी हुन् ।

त्यस्तै काठमाडौंको रोजवर्ड स्कुलबाट एसइई दिएकी कृष्टिना वन्तले फष्ट रनरअपको ताज हात पार्नुका साथै विधागत तर्फको ‘वेष्ट स्कीन अवार्ड पनि आफ्नो पोल्टामा पारिन् ।

त्यसैगरी सेकेण्डरनरअपको ताज पुष्पसदन स्कुलबााट एसइइ दिएकी पाल्मा लामाले जित्न सफल भइन भने उनले विधागत तर्फ मिस फिटनेशको अवार्ड पनि हात पारीन् । थर्ड रनरअप रिया खड्गीले लिडरसिप अवार्ड र वेष्ट पर्सनालिटि अवार्ड हात पारिन् भने फोर्थ रनरअप नाम्दु सेर्पाले जित्न सफल भइन् ।

विधागततर्फ प्रेरणा भट्टराईले ‘मिस ट्यालेन्ट’ र वेष्ट वाक उपाधि हात पारिन् भने श्रेर्या भट्टले मिस पपुलर, विन्जु थापाले मिस क्रिएटिभ, निसा श्रेष्ठले भियोर्स च्वाइस र मिस फेन्डसिप अवार्ड हात पारीन् ।

त्यस्तै मिस फोटोजेनिक सन्तृप्ती रेग्मी, मिस एकाडमी अवार्ड गोरखा आरुघाटकी आयुसा श्रेष्ठले जित्न सफल भइन भने सफलता वुढाथोकीले मिस हेल्दी स्माइल, अस्मीता पन्जीयार मिस डिसिप्लिन, सौजना तामाङ बेष्ट हेयर, फेसबुक लाइक सलिना भुषाल, मिस पङ्चुवालिटि निरजल पौड्याल र मल्टीमिडिया अवार्ड र अर्गनाइजर च्वाइस झापाकी आकांक्षा पाठक घोषित भए ।

प्रतियोगितामा विजेता रुची धितालले ह्वाइट हाउस एसएलसी प्रिन्सेज २०१८ कोे ताज उपाधि सहित ४७ हजार मुल्य बराबरको ल्यापटप र ह्वाइट हाउस इन्टरनेशन केलेजको तर्फबााट उच्च शिक्षा अध्ययनका लागि एक लाख बराबरको छात्रावृत्तिका साथै विभिन्न उपहारहरु हात परिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *