प्रधानमन्त्री ओली असार ५ मा चीन जाने, भ्रमण टोलीमा को को छन् ?

काठमाडौँ,जेठ ३० । प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओलीले असार ५ देखि १० गतेसम्म चीनको भ्रमण गर्नु हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत रहेको मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङका साथै चिनियाँ समकक्षी ली खछ्याङ लगायतका नेताहरुसँग भेटवार्ता गर्नेछन् । साथै नेपाल र चीनबीच केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

भ्रमणले दुवै देशका नेताका लागि आगामी योजना तथा नयाँ अवस्था अनुरूप चीन–नेपाल सम्बन्ध विकासका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *