ट्रम्प र उनको भेटबाट विश्वभरबाट मिश्रित प्रतिक्रिया

काठमाडौं, जेठ ३० । उत्तर कोरियाका नेता किम जोंग उनसँग अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ऐतिहासिक भेटघाटमाथि संसारभरबाट मिश्रित प्रतिक्रिया पाइएको छ ।

केही देशले उक्त भेटघाटलाई अभूतपूर्व बताउँदै स्वागत गरेका छन् भने कतिले यसमा गरिएका प्रतिबद्धताको आलोचना गरेका छन् । यता दक्षिण कोरियाले भने उक्त भेटघाटले शान्ती र आपसी सहयोगको एक नयाँ अध्यायको आरम्भ गरेको बताएको छ । तर अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासलाई समाप्त गरेको घोषणाले भने दक्षिण कोरिया अचम्ममा परेको बताएको छ ।

यो उत्तर कोरियाको एक प्रमुख माग पनि थियो । चीनले दुबै नेताको भेटवार्ताले उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धमा राहत हुनसक्ने अनुमान गरेको छ ।

यता इरानले भने उत्तर कोरियाले अमेरिकामाथि विश्वास गर्न नहुने बताएको छ ।रुसले पनि यस्तै प्रकारको चेतावनी दिएको छ । जबकी जपानले उक्त भेट एक ‘सुरुवात’ भएको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =