मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

कैलाली,जेठ २९ । स्कुल बसले ठक्कर दिदा कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.१० चुहाका एक बालकको मृत्यु भएको छ ।

दिदी र दाइ स्कुल जानको लागि बस चढ्ने क्रममा संगै रहेका महेन्द्र भण्डारीका १८ महिने छोरा भुवन भण्डारीको सोही बसले ठक्कर दिदा मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी सहायक निरीक्षक कटकबहादुर रावलले जानकारी दिए ।

लम्कीमा रहेको गुरुकुल ईंग्लिस बोर्डिङ् स्कुलको भे १ ख ४४३ नम्बरको बस विद्यार्थी बोक्दै सोही ठाउँमा पुग्दा दिदी र दाइसंगै आएका बालक बसको मुनी छिरेको र चालकले थाहा नपाउँदा घटना भएको प्रहरीले जनाएको छ ।

चालक लम्कीचुहा नगरपालिका–२ का रामबहादुर शाहीलाई प्रहरीले बससहित नियन्त्रणमा लिएको छ ।

प्रतिकृयाहरु
Loading...