भक्तपुरको चारदोबाटोमा पक्राउ परे अवैध लागुऔषधसहित चार युवती
२०७४ जेठ १५ गते

“
भक्तपुर, जेठ २९ । महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ ।
खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मारी मोरङ, गोविन्दपुर गाउँपालिका– ४ घर भई हाल चारदोबाटोमा खाजाघर सञ्चालन गर्दै आएका सञ्चालक ५२ वर्षीय शंकर राउतलाई २१० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको परिसरका निमित्त सूचना अधिकृत सुशीलकुमार पाण्डेले जानकारी दिए ।
सोही खाजाघरबाट यौनधन्दामा संलग्न रहँदै आएको अभियोगमा ती युवतीलाई पक्राउ गरिएको जनाइएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








