धुर्मुस सुन्तली फाउण्डेसनलाई नर्वेबाट सहयोग
२०७४ जेठ १५ गते

कात्तिक २१, काठमाडौं । गैरआवासीय नेपाली संघ नर्वेले धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग रकम प्रदान गरेको छ । संघले संकलन गरेको एक लाख ४० हजार ७ सय ८० रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरेको हो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट र एनसिसि बेल्जियमका उपाध्यक्ष योगिता थापाले संयुक्त रुपमा सो रकमको चेक हस्तान्तरण गरे ।
उक्त रकम रौतहट जिल्लाको चन्द्रनिगाहपुरस्थित सन्तपुरमा रहेका ४७ बाढीपिडत परिवारहरुका लागि निर्माण गरिने एकीकृत नमूना वस्तीमा उपयोग गरिनेछ । सो एकीकृत वस्तीको निर्माण लागत करीव ६ करोड रुपैयाँ रहेको फाउण्डेसनका अध्यक्ष कट्टेलले जानकारी दिए ।
उनले गैरआवासीय नेपाली संघले सहयोग गरेकोमा आभार प्रकट गर्दै थप सहयोगको अपेक्षा पनि गरेका थिए ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








