अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमद्वारा संयुक्त दस्तावेजमा हस्ताक्षर

काठमाडौ, जेठ २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले ऐतिहासिक वार्तासँगै संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् ।

दस्तावेजमा के छ भनिएको छैन । केहीबेरपछि दुई नेताको संयुक्त पत्रकार सम्मेलन हुने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् ।

ट्रम्प र किमबीच सिंगापुरको सान्तोसा आइल्याण्डस्थित होटलमा भेटवार्ता भएको हो ।

दुई नेताबीच ३८ मिनेट वार्ता भएको थियो ।

संयुक्त दस्तावेज हस्ताक्षर गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले निकै राम्रो कुराकानी भएको बताए । कोरियासँगको सम्वन्ध विगतभन्दा अर्को अवस्थामा पुगेको उनले बताएका छन् ।

उत्तर कोरियाली नेता किमले विगतलाई छाडेर अघि बढेको र विश्वले आश्चर्यजनक परिवर्तन पाएको बताए ।

दस्तावेजमा हस्ताक्षरपछि दुवै नेताले हात मिलाए । फोटो सेसनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम निकै चलाख भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *