दैनिक उपभाेग्य खाद्यान्न सामानकाे मूल्यमा वृद्धि, उपभोक्ता मारमा

काठमाडाैं, जेठ २९ । आर्थिक वर्ष २०७५/७६ को बजेट सार्बजनिक पछि अहिले बजारमा मुल्य अाकाशिएकाे छ । पहिलेकाे तुलनामा अहिले हरेक सामानमा मूल्यवृद्धि देखिएकाे छ ।

बजेटको कारण देखाउँदै बजारमा दाल, चामल र तेलमा अस्वभाविक मूल्यवृद्धि भएको छ । बजारमा माैज्दात (स्टक) नसकिँदै थोक विक्रेताहरुले खद्यान्नमा मूल्य बढाएर बिक्री गरेका हुन् ।

बजेटलगत्तै विभिन्न कारण देखाएर उपभोक्ताको ढाड सेक्ने गरी विभिन्न खाद्यान्नमा मूल्य बढाइएको हो । यसले एकैपटक चरम मूल्यवृद्धिको मारमा परेका छन् ।

उपभोक्ता हित संरक्षण तथा आपूर्ति व्यवस्थापन विभागले बजार अनुगमनमा चासो नदिएपछि उद्योगी तथा ब्यापारीलाई पनि कालोबजारी गर्न सहज भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानीको मूल्य बढेको, कर बढेको, आयात महंगिएको लगायतका बाहना गरेर पुराना मौज्दात समानमै पनि मूल्य बढाएर बिक्री गरिँदै छ ।

खुद्रा ब्यापार संघकाका उपाध्यक्ष रामकृष्ण महर्जजनका अनुसार चामलमा प्रतिबोरा ५० रुपैयाँ मूल्य बढेको छ । बजारमा उपलब्ध सबै चामहलहरुमा प्रतिबोरा ५० रुपैयाँ मूल्य बढेको हो ।

अहिले बजारमा मन्सुली, जिरा मन्सुली, बासमति, पोखरेली लगायतका चामलको मूल्यमा प्रतिकिलो २ रुपैयाँ मूल्य बढेकाे छ  । त्यसैगरी दालको मूल्य पनि मूल्य बढेकाे छ। दालमा प्रतिकिलो ५ देखि १० रुपैयाँ मूल्य बढेको छ  भने सबैभन्दा धेरै मासको दालमा किलोको १० रुपैया मूल्य एकैपटक बढेको छ ।

यस्तै एक नम्बर मासको दालमा अहिले प्रतिकिलोे ११० रुपैयाँ पुगेको छ । २ नम्बरी मासको दालको मूल्य पनि बढेर किलोको ९० रुपैयाँ भएको महर्जनले जनकारी दिए ।

बजेटका कारण नै मूल्य बढेकाे बताउदै उनले थोक बजारमै महंगिएपछि खुद्रा बजार महंगिने समेत बताए ।

मुसुरो, मुँग, रहर लगायतका दालमा पनि किलोको ५ रुपैयाँ मूल्य बढेको छ । रहर सय रुपैयाँ प्रतिकिलो र मुँग ठूलो दानाको प्रतिकिलो १३० तथा सानोको प्रतिकिलो १२० रुपैयाँ पुगेको छ ।

तेलको मूल्यमा पनि अस्वभाविक वृद्धि भएको छ । तोरीको तलमात्रै लिटरमा २० रुपैयाँ महंगो भएको छ । एक नम्बरको भुटेको तोरी तेलको प्रतिलिटर २६० रुपैयाँ भएको छ । २ नम्बरी तोरीको तेलको मूल्य लिटरको २२० पुगेको छ ।

सनफ्लावर र भटमासको तेलमा पनि मूल्य बढाइएको छ । सनफ्लावरको प्रतिलिटर १४५देखि ५० रुपैयाँ र भटमासको १३० रुपैयाँ मूल्य पर्छ । चिनीको मूलय पनि ६५ रूपैयाँबाट ७५ रूपैयाँ भएको छ । चिनीमा एकैपटक किलोमा १० रूपैयाँ मूल्य बढ्दा उपभोक्ता रन्थनिएका छन् ।

बजेटमा करको दर बढाइएको र आयातमा दिइएको भन्सार सुविधा हटाइएको कारण देखाउँदै उद्योगले नै मूल्य बढाएको महर्जनले बताए ।

थोक विक्रेताले नै मूल्य बढाएपछि खुद्रा बजारमा चामल, दाल र तेल महंगो भएको दावी खुद्रा व्यवसायीले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + seventeen =